कनकाईको मेयरमा कांग्रेसका बागी थापालाई उछिन्दै एमालेका पोखरेलको अग्रता


२ जेष्ठ २०७९, सोमबार ०९:३९ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापा पछि पर्नु भएको छ।

नेपाल एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले थापालाई पछि पार्नु भएको हो।

अहिलेसम्मको नतिजा १२ हजार ३ सय ५८ मतगणनामा एमालेका पोखरेलले ७६ मतले थापालाई पछि पार्नु भएको हो।

पोखरेलले ३९४० मत ल्याउदा थापाले ३८६४ मत ल्याउनु भएको छ।

कनकाई नगरपालिकाको सुरुङ्गा क्षेत्रको मतगणना हुँदा थापालाई पोखरेलले उछिन्नु भएको हो।

उपमेयरमा नेपाली कांग्रेसकी आशा शर्मा शिवाकोटी अग्र स्थानमा हुनुहुन्छ।

शिवाकोटीले एमालेकी मन्जु प्रसाईंलाई २ सय ८५ मतले पछि पारेको अवस्था छ।

कांग्रेसकी आशा शिवाकोटीले ४५५५ र एमालेकी मन्जु प्रसाईंले ४२७० मत ल्याएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here