इलाम । इलामको इलाम नगरपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको छ ।
वडा नम्बर ४ मा वडाध्यक्ष पदका उम्मेदवार नुतनदेव दुलालले नेकपा एमालेका उम्मेदवार धनपति दुलाललाई २२० मतको मतान्तरले पराजित गर्नु भएको छ। दुलालले ९७८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्धी एमालेका धनपतिले ७५८ मत प्राप्त गर्नु भएको थियो ।
वडाध्यक्षका विजयी दुलाल सहित अन्य उम्मेदवारहरुमा महिला सदस्य सुर्यमाया राई ९६९, दलित महिला सदस्य शुसिला विक ९५४, वडा सदस्य विष्णु सुब्बा ९४७ र पारसमणी काफ्ले ९४६ मत प्राप्त गर्नु भयो ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आनु भएका नुतनदेव निवर्तमान वडाध्यक्ष हुनुहुन्छ भने धनपति शिक्षण पेशाबाट राजीनामा दिएर वडाध्यक्ष पदको उम्मेदवार बन्नु भएको थियो ।





