झापा बुद्धशान्ति १ को वडाध्यक्षमा एमालेका अनिल वाग्ले निर्वाचित


२ जेष्ठ २०७९, सोमबार ०६:३२ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी हुनु भएको छ । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गर्नु भएको छ।
राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गर्नु भएको छ।

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादकसमेत रहेका थियो ।

अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कडेल बिजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here