झापाको बिर्तामोड- १ मा एमालेको प्यानल नै विजयी


२ जेष्ठ २०७९, सोमबार ०६:१५ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अग्निप्रसाद पाण्डे निर्वाचित हुनु भएको हो। यस अघि पनि उहाँ सोही वडाका वडाध्यक्ष हुनुहुन्थ्यो।

उहाँले काँग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका बलराम कार्कीलाई २४६ मतान्तरले पराजित गर्नुभयो।

पाण्डेले १४६९ मत ल्याउँदा कार्कीले १२२३ मत ल्याउनु भएको छ। कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनुहुन्छ।

त्यस्तै वडा सदस्यहरूमा एमालेका योगचन्द्र आङवुहाङ्ग, टेक बहादुर अधिकारी, यमुनादेवी आचार्य र कमला महरा दर्जी निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here