झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा देवीबहादुर थापासहित प्यानल नै निर्वाचित भएपछि राप्रपा अध्यक्ष हल्दिबारी नै पुगेर विजयोत्सवमा सहभागी हुनु भएको छ।
आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी हुनु भएको हो।
वडाध्यक्षमा थापाले १९६८ मत ल्याएर विजयी हुनु भएको हो। त्यस्तै महिला सदस्यमा शान्ता शिवाकोटीले १७७१ मत ल्याएर विजयी हुनु भयो।
दलित महिला सदस्यमा रुपादेवी रसाइली २०३८ मत ल्याएर विजयी हुनुभएको छ भने वडा सदस्यमा कूलबहादुर बान्तवा १९४१ मत ल्याएर हुनुभएको छ। त्यस्तै वडा सदस्यमै प्रकाशकुमार कार्कीले १९७४ मत ल्याएर निर्वाचित हुनु भएको छ।
जम्मा ४७५१ मत गन्दा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राप्रपाका रविन्द्र लिङ्देनले २४३७ मत ल्याएर अग्रता लिइरहेनु भएको छ।
अहिलेसम्मको मत परिणाममा अध्यक्षका लागि एमालेका उम्मेदवार डम्बर गिरीले १३४० मत पाउनु भएको छ। उपाध्यक्षमा राप्रपाकै लक्ष्मी मैनालीले १९७९ मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ भने एमालेकी उम्मेदवार शान्ता गौतम १३४८ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ।





