झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले अग्रता कायम राख्नु भएको छ।
हालसम्मको मतपरिणाम अनुसार अधिकारीले १७३२ मत प्राप्त गर्नु भएको छ। राप्रपासहितको गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले १६४८ मत ल्याउनु भएको छ।
त्यस्तै उपमेयरमा गठबन्धनकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले १६४० मत ल्याउँदै अग्रता लिनु भएको छ। एमालेका अम्बिका खनालले १५०९ मत ल्याउनु भएको छ।





