सूर्योदय वडा नम्बर १ मा कांग्रेसको प्यानलनै निर्वाचित


१ जेष्ठ २०७९, आईतवार ०८:५७ मा प्रकाशित

इलाम । इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

नेकपा एकिकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालको गृहनगरसमेत रहेको सूर्योदय वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका राजकुमार लिम्बु विजयी हुनु भएको हो।

लिम्बुसहित अन्य चार वडा सदस्य पनि कांग्रेसले जितेको छ। विजयी राजकुमार लिम्बुले ८७३ मत प्राप्त गर्नु भयो ।

वडा नम्बर १ मा २९१२ मत गणना भएको थियो । जसमध्ये ११४ मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here