कनकाई नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार थापाको अग्रता बढ्यो


१ जेष्ठ २०७९, आईतवार ०७:१४ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट बिद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अझै अग्रता बढाउनु भएको छ।

३५७० मत गन्दा थापाले १५१९ मत प्राप्त गर्नु भएको छ।

नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले १०२१ मत प्राप्त गर्नु भएको छ। थापाले ४९८ मतले अग्रता कायम राख्नु भएको छ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४४ मत प्राप्त गर्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here