इलाम वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका गायत्रीराम बस्नेत विजयी


३१ बैशाख २०७९, शनिबार १९:१७ मा प्रकाशित

इलाम। इलामको इलाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत विजयी हुनु भएको छ।

उहाँले ११८१ मत प्राप्त गनु भएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अम्बिका गौतमले १०२२ मत प्राप्त गर्नु भएको छ ।

सदस्यमा नेपाली कांग्रेसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली एक सदस्यमा नेकपा एमालेका खड्गबहादुर गुरुङ विजयी हुनु भएको छ ।

गठबन्धनको तर्फबाट सदस्य पदका उम्मेदवार नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल पराजित हुनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here