बुटवलमा कांग्रेसको अग्रता कायमै


३१ बैशाख २०७९, शनिबार १०:३३ मा प्रकाशित

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेको अग्रता कायमै छ ।

बुटवल वडा नम्बर १ मा ९ सय मत गणना हुँदा गठबन्धनका मेयर उम्मेदवार पाण्डेले ४२२ मत प्राप्त गरेका छन् । पाण्डेलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मतले पछ्याइरहेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन् ।

बुटवलमा अघिल्लो चुनावमा एमालेले मेयर जितेको थियो । अहिले मतगणना जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here