दमकमा एमाले उम्मेदवारको अग्रता कायमै


३१ बैशाख २०७९, शनिबार १०:५७ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिनु भएको छ । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत प्राप्त गर्नु भएको छ । मत गणना दमक–१ बाट शुरु भएको छ ।

उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले ११० मत प्राप्त गर्नु भएको छ ।

वडाध्यक्षमा एमालेकै हरी न्यौपानेले १४१ मत सहित अग्रता लिनु भएको छ । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याउनु भएको छ । अहिलेसम्म ३०० मत गणना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here