कञ्चनपुर : लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतान्तरले हराउँदै जोशी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन् ।





