बिर्तामोडमा मतगणना शुरु, कचनकवलमा कांग्रेस-एमाले गठबन्धनको अग्रता


३१ बैशाख २०७९, शनिबार ०७:२४ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिकामा मतगणना शुरु भएको छ।

झापाकाे कचनाकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएकाे छ।

गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्। त्यस्तै राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धि प्रसाद नेपालले ३ मत ल्याएका छन्।

उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजव‌शीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here