झापाको हल्दीबारीमा राप्रपाको अग्रता


३१ बैशाख २०७९, शनिबार ०८:१७ मा प्रकाशित

झापा । झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ।

३०१ मत गणना हुँदा राप्रपाका अध्यक्षका उम्मेदवार रविन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन्।

दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन्। उनले ११५ मत ल्याएका छन्।

त्यस्तै काँग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन्।

उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१ , स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here