झापामा मतगणना शुरु, कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाको शुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार ०७:१३ मा प्रकाशित

झापा । झापाका ६ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ। कनकाई, कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मात्र मतगणना शुरु भएको हो।

सबै स्थानीय तहमा मतगणना शुरु भए/नभएको सबै जानकारी आइनसकेको झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो।

कनकाई नगरपालिकामा गरिएको मतगणनामा स्वतन्त्र मेयर पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले शुरुवाती अग्रता लिनु भएको छ।

त्यहाँ वडा नम्बर ८ र ९ बाट मतगणना सुरु गरिएको हो।

३ सय मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत ल्याउनु भएको हो।

दोस्रोमा सूर्यको ७७ मत आएको छ भने तेस्रो स्थानमा रहेको रुखले २८ मत पाएको छ। यसैगरी हलोको ९ मत आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here