झापा । स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको मतदान सम्पन्न भएको छ।
मतदान सम्पन्न भएपश्चात मतपेटिकाहरु धमाधम गणनास्थलतर्फ लैजाने काम चलिरहेको छ ।
शुक्रबार विहान ७ बजेदेखि भएको मतदानमा झापामा लगभग ६७ प्रतिशत मत खसेको बताइएको छ ।
लगभग ६७ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र थिए ।





