कपिलवस्तु । स्थानीय तह निर्वाचन अन्तरगत देशभर ५५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगका अनुसार साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिए ।
आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो ।
छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।





