सर्वदलीय बैठकपछि रोल्पामा सुरु भयो मतदान


३० बैशाख २०७९, शुक्रबार १२:१९ मा प्रकाशित

रोल्पा । रोल्पाको लुङ्ग्री ४ मा केहीबेर मतदान रोकिएको छ । दलका प्रतिनिधिहरुबीच सुरु भएको विवादले स्थिति असामान्य भएपछि केहीबेर मतदान रोकिएको हो ।

मुख्य निर्वाचन अधिकृतका अनुसार अहिले भने सर्वदलीय बैठकपछि मतदान सुरु भएको जनाईएको छ ।

गएराति रोल्पाको थवाङमा माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि सम्पर्कविहीन भएका दुई जना अझै सम्पर्कमा आएका छैनन् ।

जिल्लाका अन्य स्थानमा भने मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here