स्याङ्जा । स्याङ्जाको वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।
जिल्ला प्रहरी कार्यालयले १० जना घाइतेलाई उपचारका लागि लगिएको जनाएको छ ।
उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।
अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।





