बिर्तामोडमा नेकपा एमालेसँग भिड्न गठवन्धनलाई सहज छैन


२७ बैशाख २०७९, मंगलवार २२:५१ मा प्रकाशित

बिर्तामोड । स्थानीय तह चुनाव ३ दिन मात्र बाँकी रहँदा बिर्तामोडमा चुनावी सरगर्मी निकै बढेको छ । बिर्तामोड नगरपालिकामा मुख्यरुपमा नेकपा एमाले र गठवन्धनविच चुनावी भिडन्त हुँदैछ । यहाँ गठवन्धनको तर्फबाट नगर प्रमुखमा भोजराज सिटौला,उपप्रमुखमा सि.पि कडरिया र नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा पवित्रा महतारा प्रसाई र उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौला उम्मेदवार छन् ।

यस अघिको स्थानीय तह निर्वाचनमा नगर प्रमुख र उपप्रमुख दुवै पदमा जीत हासिल गरेको नेकपा एमाले यस पटकपनि त्यहि प्रतिक्षामा छ । नेपाली कांग्रेस पनि नेकपा माओवादी केन्द्रसंग गठवन्धन गर्दै पद हत्याउने दाउमा छ । तर नेकपा एमालेसंग भिड्न गठवन्धनलाई त्यति सहजभने छैन ।

नेकपा एमाले नेतृत्वको यस अघिको सरकारले ५ वर्षमा गरेका जनमुखी काम र उम्मेदवारहरुको उच्च छविकाकारण गठवन्धनलाई चुनाव जित्न सहज नभएको हो । एमाले नेताहरुले गठबन्धनलाई पाँच हजार भन्दा बढी मतले पछि पार्दे जीत हासिल गर्ने बताउँदै आएका छन् । उम्मेदवार प्रसाई यस अघिको नगर उपप्रमुख र संग्रौला वडा नम्बर २को वडाध्यक्ष हुन् ।

पवित्रा महतारा प्रसाई को हुन् ?

ताप्लेजुङ्गको साविक थेचम्बु गाविस वडा नम्बर १ पिङ्गेदिनमा २०२८ साल चैत्र १ गते जन्मनु भएकी पवित्रा महतारा प्रसाईको आमाको नाम नरमाया महतारा र बुवाको नाम हरिलाल महतारा हो । आइए तर्ह उतिर्ण गर्नु भएकी प्रसाईले २०५६ साल फागुन २९ गते झापाका ज्ञानुराम प्रसाईसंग विवाह गर्नु भयो । हाल प्रसाईका छोरा प्रजेश र छोरी प्रज्ञा गरि २ जना सन्तान छन् । श्रीमान ज्ञानुराम प्रसाईको भने २०७८ साल असार २५ गते सडक दुर्घटनामा परी निधन भयो । नेकपा एमालेको बिर्तामोड नगरकमिटि अध्यक्ष ज्ञानुराम प्रसाई कार्यकर्ता माझ लोकप्रिय रहनुभएको थियो । पति वियोगको पीडा भोग्दै आएपनि प्रसाईले नगरपालिकाबाट जनतालाई दिने सेवामा भने कमि हुन दिनु भएन । देश र समाज प्रति उत्तरदायि भुमिका निर्वाह गर्दै आउनुभएकी प्रसाईलाई नेकपा एमालेले मुल्याङ्कन गर्दै नगरप्रमुखको टिकट दिएको हो ।

प्रसाई हाल नेकपा एमाले प्रदेश १ कमिटि सदस्य हुन् । प्रसाईसँग यस अघि अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटि सदस्य,मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको कोषाध्यक्ष,आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५को अध्यक्ष,द्रोणाचार्य प्रतिष्ठान झापाको सदस्य,सहिद स्मृति प्रतिष्ठान बिर्तामोड २ को सदस्य,नेपाल परिवार नियोजन संघको आजीवन सदस्य,वीरता लेडी जेसीजको मानार्थ सदस्य र बिर्तामोड नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ । बैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरीयासमेत गएर आउनु भएकी प्रसाई मेहनती र उर्जाशील व्यक्तिकोरुपमा समाजमा परिचित हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here