काठमाण्डौ । वैशाख ३० गते शुक्रवारका लागि हुने पालिका चुनावको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । केन्द्रबाट गर्नुपर्ने सबै तयारी सकिएको र केन्द्रले जिल्लामा पठाउनु पर्ने सबै सामग्री, नीतिगत निर्देशन अनि मतपत्र पनि गइसकेकोले अहिले जिल्लामा कार्यचाप बढेको छ ।
निर्वाचन कार्यालयले चुनावका लागि चाहिने सबै ५८ प्रकारका सामग्रीको छुट्टाछुट्टै प्याक बनाएर मतदान अधिकृतलाई बुझाउने अथवा बुझाउँदै गरेको अवस्था छ भने अर्कोतर्फ मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम धेरै ठाउँमा सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा नजिकको मतदान अधिकृतलाई तालिम दिने र सामग्री बुझाउने काम हुँदैछ ।
अर्कोतर्फमुख्य निर्वाचन अधिकृतको कार्यलयले पनि तालिम सञ्चालन गर्ने, संयोजन गर्ने तथा केन्द्रबाट गएका मतपत्रहरु मतदान केन्द्रगत रुपमा प्याकिङ गरेर मतदान अधिकृतलाई बुझाउने काम भएको छ ।
मतदान केन्द्रमा चाहिने कर्मचारीहरु खटाउने, मतपत्र बुझाउने, चुनावका लागि आवश्यक सामग्री मतदान टोलीलाई बुझाएर मतदान केन्द्रतर्फ लाग्ने काम भइरहेको छ । साथै जिल्लाबाट आचारसंहिताको अनुगमन पनि भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदान गर्नुअघि कहाँ मतदान गर्ने, कहिले मतदान गर्ने, किन मतदान गर्ने र कसरी मतदान गर्ने,आफ्नो मतदान केन्द्र कहाँ हो, मतदानगर्न जाँदा मतदाता परिचय पत्र अनिर्वाय हुनु पर्ने लगायतको जानकारी हुनु पर्ने छ ।
पहिलो ठाडो लहर नगरपालिका भए प्रमुख अनि गाउँपालिका भए अध्यक्षको, दोस्रो ठाडो लहर उपप्रमुख तथा उपाध्यक्षको, तेस्रो ठाडो लहर वडाध्यक्षको, चौथो ठाडो लहर महिला सदस्यको, पाँचौँ ठाडो लहर दलित महिला सदस्यको हुन्छ । यसरी पहिलोदेखि पाँचौँ ठाडो लहरमा एक छाप लगाउने । एक, एक छाप लगायो भने हाम्रो मत खेर जाँदैन ठीक तरिकाले हुन्छ । किनकि यी सबै पदमा एक, एक जना छान्नुपर्ने हुन्छ ।
अन्य दुई खुला सदस्यको हकमा त्यसमा लहरै दुइ वटा चिह्नमा पनि मतदान गर्न पनि पाइन्छ । तल माथि तथा छड्के पनि मतदान गर्न पाइन्छ । यो छैटौँ मतपत्रमा खुला सदस्य जम्मा दुईजना छान्नु पर्ने भएकोले दुई वटा कोठामा एक र एक वटा छाप लगाउनु पर्दछ । तर, के ख्याल गरौँ भने एउटा कोठामा दुई वटा चिह्न हुँदैमा त्यो दुई वटा उम्मेदवार होइन ।
एउटा चिह्नले पहिलो सदस्यलाई जनाउँछ । अर्को दुई वटा चिह्नले दोस्रो सदस्यलाई जनाउने हो । दुई वटा सदस्यलाई जनाउने होइन ।
त्यसकारण चिह्न एउटा अथवा दुई वटा जे भए पनि एउटा कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउने हो ।
दुई वटा चिह्न हुँदैमा दुई वटा छाप लगाउनु पर्दैन र हुँदैन । यसरी हामी सही तरिकाले मतदान गर्न सक्छौँ । हामीले दुई वटा चिह्न हुँदैमा दुई वटा छाप लगाउनु हुँदैन । छैटौँ मतपत्रमा दुई वटा कोठाभन्दा बढी कोठामा छाप लगायो भने त्यो बदर हुन्छ । यसरी पहिले नै बुझेर हामीले मतदान गर्यौं भने हाम्रो मत सही तरिकाले मतदान हुन्छ, मत बदर हुँदैन ।
उम्मेदवारले पास लिएर अथवा निर्वाचन अधिकृतले अनुमति दिएर उम्मेदवारले गाडी चलाउन सक्ने जनाइएका छ ।
अथवा उम्मेदवारको निर्वाचन प्रतिनिधिले त्यो अधिकार प्राप्त गरेका हुने छैनन् ।
त्यसैगरी गाडी पास अनुमति लिएका पर्यवेक्षक वा पत्रकारहरु र अत्यावश्यक सेवा प्रवाह गर्ने केही गाडीहरु, सुरक्षाकर्मीका गाडीलाई अनुमति दिइएको छ ।
अशक्त, अपाङ्गता भएकाको नाममा लिएको गाडी अरु कसैले प्रयोग गर्दैन भन्ने कुरा उहाँहरुले विश्वस्त बनाउन सकेमा स्थानीय परिस्थिति हेरेर त्यसमा उहाँहरुले स्वविवेकीय निर्णय लिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै झापाका बिभिन्न पालिकामा चुनावको तयारी पूरा भइसकेका निर्वाचन कार्यलयले जनाएको छ । बितामोडको हकमा ६४ वटा मतदान केन्द्र र १८ वटा मतदानस्थल तोकिएको निर्वाचन अधिकृत डम्वर प्रसाद काफ्लेले जानकारी दिनु भयो ।





