चुनाव प्रचारका क्रममा कालीमाटीमा एकको मृत्यु


२४ बैशाख २०७९, शनिबार १६:२५ मा प्रकाशित

सल्यान । चुनाव प्रचारमा हिँडेको गाडीको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका–२ दानीगौरामा लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खस्दा सोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छतबाट खसी गम्भीर घाइते भएका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडीचालक दाङको बबई गाउँपालिका–२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई नियन्त्रणमा रहेको बताइएको छ । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका भूपेन्द्र घर्ती मगर सहितको टोलीको प्रचारमा हिँडेका थापा जिपको छतबाट लडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here