रामपुर पाल्पाः नगरलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउने मेयर पदका उम्मेदवार अर्यालको प्रतिवद्धता


२४ बैशाख २०७९, शनिबार १५:५६ मा प्रकाशित

रामपुर । पाल्पाको रामपुर नगरपालिकाका लागि नेकपा एमालेबाट मेयरको उम्मेदवार बन्नुभएका शिव अर्यालले आफूले निर्वाचनमा विजयी भए नगरका कोही पनि बिरामी उपचारका लागि बाहिर जानु नपर्ने अवस्था बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

उहाँले नगरवासीको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो।

मेयर पदका उम्मेदवार अर्यालले आफूले क्यान्सर तथा मिर्गौलाका विरामीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने बताउनुभएको हो ।

अर्यालले भन्नुभयो, “यस्ता रोगबाट धेरै नगरबासी पीडित हुनुहुन्छ । उहाँहरूको उपचारको व्यवस्था मिलाउने प्रयास गर्नेछु। नगरलाई स्वास्थ्य क्षेत्रको हब बनाउने मेरो प्रयत्न रहनेछ।”

उहाँले एक सय ८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै रामपुरबाट स्वास्थ्य समस्याकै कारण करिब ७५ प्रतिशत नागरिक बाहिर जानुपर्ने बाध्यता हल गर्न रामपुर अस्पताललाई सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने, प्रत्येक वडामा डाक्टर सहितको स्वास्थ्यसंस्था स्थापना गर्ने बताउनु भयो ।

उम्मेदवार अर्यालले आफू सुख सयलमा बस्न नभइ आफ्नै गाउँका नागरिकको जिवन स्तर उकास्दै रामपुरको समग्र विकास गर्ने योजना अनुसार नगरपैमुखमा उम्मेदवारी दिएको समेत प्रष्ट पार्नुभएको छ ।

आफूलाई जनताले मत दिएर जित हासिल गर्ने अवसर दिएमा विज्ञ समूहको निर्माण गरी विकासको खाका तयार पारेर अगाडी बढ्ने नगरप्रमुखका उम्मेदवार अर्यालको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here