पाँच दलीय गठबन्धन टालाटुली गरेर बनाएको पुतली जस्तै होः ओली


२४ बैशाख २०७९, शनिबार १३:४५ मा प्रकाशित

काठमाडौं । पाँच दलीय गठबन्धन टालाटुली गरेर बनाएको पुतली जस्तै भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ।

सुनसरीको इटहरीमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धनलाई पुतलीको उपाधि दिनुभएको हो।

ओलीले सरकारमा गएर बाडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनाबमा गएको आरोप लगाउनु भयो।

उहाँले वडामा एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको समेत दाबी गर्नु भयो।

कुनै उद्देश्य बिनाको पार्टी र उमेदवारलाई  सरकारमा नपुर्‍याउन उहाँले मतदातालाई आग्रह गर्नु भयो। ओलीले गठबन्धन गरेर सरकारमा जान बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताउनु भयो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here