काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ।
मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो।
यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसक्नु भएको छ।
आइतबार भने उहाँ राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नु हुनेछ। त्यसपछि भने उहाँ रुपन्देहीको बुटवल जानु हुनेछ।
निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओलीको चुनावी दौडधुप बढेको छ।
उहाँले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आउनु भएको छ।





