एकदिवसीय अन्र्तगत आज नेपाल र जिम्बावे ’ए’ ले दोस्रो खेल खेल्ने


२४ बैशाख २०७९, शनिबार ०८:४९ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो एकदिवसीयमा जिम्बावे ’ए’ विरुद्ध खेल्न लागेको हो ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ’ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो। यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here