सुनको भाउ बिहीबार ६ सय रुपैयाँले घट्यो


२३ बैशाख २०७९, शुक्रबार ११:४२ मा प्रकाशित

काठमाडौं, वैशाख २३ । सुनको भाउ बिहीबार ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार सुनको भाउ तोलामा ९८ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, बिहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here