काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान बन्द हुने भएको छ।
बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको हो।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन्।
निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुनेछन् । सो क्रममा हवाई यातायातसमेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।





