कोरोनाका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको डब्लूएचओको अनुमान


२३ बैशाख २०७९, शुक्रबार ०८:१२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ।

यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो। हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ।

धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ। डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ।

यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो। तर, भारत सरकारले यो रिपोर्टमाथि आपत्ति जनाएको छ।

भारतको आधिकारिक तथ्यांकअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ। भारतमा अहिले पनि दैनिक तीन हजारको हाराहारीमा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here