काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाका लागि मेयर तथा उपमेयर पदका उम्मेदवार क्रमशः गोपाल बुढाथोकी तथा मीना उप्रेतीले नगरका ग्रामीण भेगका समस्या समाधान गरिने बताउनु भएको छ।
उहाँहरूले बिहीबार मतदातालाई त्यस्तो आश्वासन दिनुभएको हो।
विजुली नआउने, आए पनि भोल्टेजको समस्या हुने, खानेपानीको समस्या तथा गाउँका सडकमा ह्युम पाइप नभएका समस्या स्थानीयबासीले उम्मेदवारहरूसंग राखेका थिए। उम्मेदवारद्वय बुढाथोकी तथा उप्रेती ती समस्या समाधान गरिने बताउनु भयो।
बिहीबार मेचीनगर ५ का नकलबन्दा चोक, माता चोक, त्रिवेणी टोल, सहकारी टोल र माङहिम चोकमा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।





