रोल्पामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार सामान्य घाइते


२२ बैशाख २०७९, बिहीबार १२:१६ मा प्रकाशित

रोल्पा। रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

तालाबाङ बजारमा चुनावी कार्यक्रम सकेर फर्कने क्रममा गएराति झडप भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

झडपमा वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी सामान्य घाइते हुनुभएको छ । अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here