इलाम । इलाममा भएका दुई छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनिता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरी दुईवटा घटनाका हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो ।
प्रहरीले इलाम–८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल््ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराएका थिए ।
किटानी जाहेरीपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा यही २० गते महभिरको जङ्गलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।





