सर्वोच्चमा एआईजी विश्वराज पोखरेलद्वारा रिट दर्ता


२१ बैशाख २०७९, बुधबार १३:४६ मा प्रकाशित

काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक आईजीपी नियुक्ति गर्ने निर्णय बदरको मागसहित प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गर्नुभएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

एआईजी पोखरेलले आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई सरकारले विधि मिचेर बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । उहाँले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्नुभएको छ ।

पोखरेलको रिट दर्ता भएर पर्सि बुधवारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को हिजोको बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो । निर्णयअनुसार सिंहले आज बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हाल्नुभएको छ ।

गृहसचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here