काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय बिमाननस्थल परिसमा शकास्पद वस्तु रहेको भनि अज्ञात व्यक्तिबाट फोन आए पछि सुरक्षको कारण देखाउदै आन्तरिक उडानको तयारीमा रहेका सम्पुर्ण यात्रुलाई बाहिर निकालिएको छ ।
अन्तर्राष्ट्रिय उडानहरु प्रभाव नपरे पनि आन्तरीक उडान भने सुरक्षाको कारण बताउदै बन्द गरीएको बिमानस्थल कार्यलयले जनाएको छ । यो समाचार तयार पार्दा सम्म नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले सर्च अपरेशन जारी छ ।
बिमानस्थलका एक अधिकारीका अनुसार एक अजात व्यक्तिले टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५र६ वटा बम रहेको भनेपछि वटा बम रहेको भनेपछि सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेको बिमानस्थल श्रोतले बताएको छ ।
त्यसैले अहिले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको बिमानस्थका एक अधिकारी ले जानकारी दिएका छन ।
नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगी सकेको छ । स्थानिय चुनावलाई प्रभाव पार्न या भय सृजना गर्नका लागी यस किसीमको गतिबिधि गरीएको हुन सक्ने बिमानस्थल सुरक्षा श्रोतले अनुमान गरेको छ ।





