संखुवासभा, बैशाख २१ । संखुवासभाको मादी मुलखर्क नगरपालिका ३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
मंगलवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकको आमाले देखि तत्काल उद्धार गरेर मादी क्लिनिकमा लगिको थियो । उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।





