काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ ।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट हुनु भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गर्नु भएको हो।
आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ ।
आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत हुनु भएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राख्नु भएका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिनु भएको छ ।





