नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ’ए’ विरुद्ध खेल्ने


२१ बैशाख २०७९, बुधबार ०८:२८ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बुधबार पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्गत आज जिम्बावे ’ए’ विरुद्ध खेल्न लागेको हो ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ’ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल र जिम्बावेबीचको दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।

टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here