सत्ता गठबन्धनः चुनावी तालमेल भए पनि मतभेद सुरु


२१ बैशाख २०७९, बुधबार ०७:०५ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ।

सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो।

सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ।

भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ।

पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ।

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि काँग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here