पाल्पामा एमालेको चुनावी घरदैलाे कार्यक्रममा कांग्रेस कार्यकर्ताकाे आक्रमण


१९ बैशाख २०७९, सोमबार ११:१८ मा प्रकाशित

पाल्पा । स्थानीय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख तथा उपप्रमुखसहितका उमेम्वारहरुले प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा शिकोडाँडामा नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन्।

विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाई, दिदीबहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

नेपाली कांग्रेस पार्टीका चारतारे झण्डा, हात हतियार खुकुरी भाला सहित हेलमेट लगाएर आएका करिब एक सयको संख्यामा रहेको समूहले फिल्मी शैलीमा आक्रमण गरेको सांसद युबराज खनालले जानकारी गराउनु भएको छ ।

नेकपा एमालेको चुनावी प्रचारप्रसारको क्रममा आइतबार दिउँसो करिब ३ बजे कालीगण्डकी करिडोर सडकमा रहेका एमाले कार्यकर्तामाथि जाइलागेका भिडलाई रोक्ने क्रममा काँग्रेस कार्यकर्ताले आफूलाई आक्रमण गरेको मेयर पदका उम्मेदवारका बाहिनी कविता अर्यालले गुनासो गर्नुभयो ।

प्रचारमा गएको बसको सिसा तोडफोड गरेको, मेयर उपमेयर उम्मेदवार चढ्ने गरेको लु २० च ५३९८ नं.को गाडी, ४ वटा मोटर साइकलहरुमा तोडफोड गरी निर्वाचन आचार संहिताको ठाडो उल्लङ्घन गरेको नेता टंकनाथ खनालले जानकारी दिनु भयो । एमालेको पक्षबाट संयमता नअप्नाएको भए ठूलो दुर्घटना हुने नेता खनालको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रामपुरले प्रहरी भन्दा पहिला तरुण दलका युवा सो ठाउँमा पुगिसकेकोले घटना भएको जानएको छ । तर प्रहरीलाई धकलेर आक्रमण गरेको एमाले रामपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here