नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो टी–ट्वान्टी अन्तर्गत आज जिम्बावे ’ए’ विरुद्ध खेल्न लागेको हो ।
टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ’ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ र सिरिज आफ्नो बनाउन चाहन्छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।





