बिर्तामोड । बिर्तामोड नगरपालिकाका नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनका नेताहरुले बिर्तामोडलाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् ।
गठबन्धन दलले सोमबार बिर्तामोड–४ को अन्नपूर्ण चोकमा आयोजना गरेको कोण सभामा बोल्दै बिर्तामोडलाई भ्रष्टचारमुक्त समृद्ध पालिका बनाउने उद्घोष हुन् ।
चुनावी घरदैलो कार्यक्रम अन्तर्गत गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले गठबन्धन दलको स्थानीय सरकार बनेमा बिर्तामोड नगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाउनु भयो।
उहाँले सरकारले नगरप्रमुखलाई उपलब्ध गराउने गाडी जनताको सेवाका लागि एम्बुलेन्समा परिणत गर्ने र आफू मोटरसाइकल नै प्रयोग गर्ने बताउनु भयो ।





