काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख आइजीपी नियुक्त गर्न प्रस्ताव गरेको छ ।
गृह स्रोतका अनुसार गृहले पोखरेलको नाम अघि सारेको हो । वरीयतामा पोखरेल अगाडि रहेकाले उनैलाई अगाडि सारिएको बताइएको छ।
प्रहरीमा पोखरेलसँगै, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआइजी छन् । आजको मन्त्रिपरिषद्को बैठकले नयाँ आइजीपी नियुक्त गर्ने संभावना रहेको छ।





