नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह नियुक्त


१८ बैशाख २०७९, आईतवार १४:२३ मा प्रकाशित

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।

एआइजीहरु विश्वराज पोखरेल, सशकुल थापा र रवीन्द्र धानुक पनि आइजीपीको प्रतिस्पर्धामा भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा परेपछि सिंहले नेपाल प्रहरीको कमाण्ड सहाल्ने मौका पाएको बताइएको छ।

गृहमन्त्री खाँण भने विश्वराज पोखरेललाई आइजिपी बनाउने सोचमा हुनुहुन्थ्यो। यसैकारण आइतबार बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा ढिलो गरी बसेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here