एमसीसी सम्झौता राजपत्रमा प्रकाशित


१८ बैशाख २०७९, आईतवार ११:४३ मा प्रकाशित

काठमाडौं । संसदबाट अनुमोदन भएको दुई महिनापछि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

नेपाल र अमेरिकी सहयोग एमसीसीबीच भएको सम्झौता फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। सो सम्झौता अनुमोदन भएको दुई महिनापछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यही वैशाख १५ गते सम्झौता अनुमोदन भएको विषय राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारको स्तरोउन्नतिका लागि एमसीसीले नेपाललाई ५० करोड डलर उपलब्ध गराउने छ ।

सम्झौता कार्यान्वयनमा गएको पाँच वर्षभित्र निर्धारित आयोजनाहरुको काम सम्पन्न गरिने छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here