काठमाडौं । सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
नेपाली ब्यवसायी लाई प्रोत्सान र नेपालि उत्पादनको बजार लाई सरलिकरण का निम्ति पनि यस किसिमका कडाई र महगा समानमा रोक लगााउन आवश्यक रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डले जानकारी दिनु भयो ।
मन्त्रालयले वैशाख १३ गतेअगाडि नै बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज नगरिएको सचिव डा गणेशप्रसाद पाण्डले जनाएका छन् ।
कूटनीतिक नियोगका अधिकारीहरुलाई भने सामान ल्याउन बन्देज लागू नहुने राजपत्रमा उल्लेख छ । कुरकुरे , लेज र यस्तै प्रकारका उत्पादनहरु ,सबै प्रकारका मदिरा,कच्चा पदार्थ बाहेक, चुरोट तथा सुर्तिजन्य बस्तु , हिरा, मोबाइल सेट, रंगीन टेलिभिजन ३२ इञ्चभन्दा माथि, जिफ कार र भ्यानहरु ,सबै प्रकारका खेलौना रहेका छन् ।
केन्द्रीय बैंकले आयातमा कडाइ गरेका केही वस्तु नेपालमै उत्पादन हुन्छन्। केही विलासिताका वस्तु आयात नहुँदा पनि उपभोक्तालाई कुनै असर पर्दैन। भन्सार विभागका अनुसार चालू वर्षको ९ महिनामा १० अर्ब ८३ करोडको सुगन्धित सामग्री, शृंगारका सामग्री र शरीर सफाइका (ट्वाइलेट)का सामान आयात भएका छन् ।





