कृषि आधुनिकीकरण परियोजना संचालनमा आएपछि प्रदेस न १ का कृषकको जिवनस्तरमा सुधार


१३ बैशाख २०७९, मंगलवार १८:४९ मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालनमा आएपछि प्रदेस न १ मा कृषीवाली तथा मत्यस उत्तपादन वढनुका साथै कृषकको जिवन स्तरमा सुधार आएको छ ।

परियोजना संचालनमा आएपछि अनुदानका कारण कृषि यान्त्रिकरणतर्फ कृषकको आकार्षण वढनुकासाथै धान,गहु मकै,अलैची अदुवा,दुग्ध सुपारी लगायत खादान्न वालीको उत्पादनमा वृद्धि भएको पाइएको छ ।

परियोजना कार्यान्वय इकाई मोरङले विराटनगरमा आयोजना गरेको चालु आर्थिकवर्षको प्रगती समिक्षा गोष्ठिमा सो कुराको जानकारी दिइएको हो ।

परियोजना कार्यान्वयन इकाइ प्रमुख रामवलम प्रसाद साहले परियोजनाका कारण प्रदेस १ मा कृषि यान्त्रिकरणलाई जोड दिदै नयाँ पोखरी विस्तार पुराना पोखरीको मर्मतसंभार, कृषि भण्डारकेन्द्रको स्थापना, कृषि प्रसोधन केन्द्र संचालन, चक्लावन्दी खेतीको विस्तार सिचाईको सहज व्यवस्था, वंगुर वधशाला तथा अलैची भट्टिको निमार्ण तथा रोजगारीको अवसर सृजना भइ कृषकको जिवन स्तरमा सुधार आएको वताउनुभयो ।

नेपाल सरकारले कृषि उत्पादन वढाउन परियोजना अन्तर्गत किसानलाई समुहमा ५० प्रतिशतदेखी ८५ प्रतिशतसम्म अनुदान दिदै आएको छ । कार्यक्रममा वोल्नुहुदै प्रदेस न १ कृषि मंन्त्रालयका सचिव मेघराज तिम्सिनाले पर्याप्त वजेट र दक्ष जनशक्तिको अभावमा कृषिक्षेत्रले सोचेजस्तो फडको मार्न नसकेको वताउनुभयो ।

उहाँले युवाहरुलाई लक्षितगर्दै परियोजनाले कृषि उत्पादन वृद्धिगर्नेखालका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम प्रसाद साह, परियोजना व्यवस्थापन इकाई खुमलटारका वरिष्ठ कृषि प्रसार अधिकृत तिर्थराम श्रेष्ठ प्रदेस न १ कृषि मंन्त्रालयका योजना महाशाखा प्रमुख पशुपती पोखरेल तथा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ मोरङका कार्यक्रम अधिकृत प्रतिक्षा श्रेष्ठले परियोजनाको कामको प्रगत्ीका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना तथा परियोजना इकाई मोरङ सामाजिक विकास विज्ञ सुन्दर झाले परियोजनाको महत्व माथी प्रकास पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here