धनुषामा तिनजना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा तीन जनाकै मृत्यु


१३ बैशाख २०७९, मंगलवार ११:०५ मा प्रकाशित

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा गएराति तीनजना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीन जनाकै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ ।

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here