काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो।
देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको बताउनु भयो ।
भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको ट्विटमा उल्लेख छ।
‘नेपाल अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरियो,’ ट्विटरमा भनिएको छ,‘जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भयो।’
टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस रोड आइल्याण्ड, कोरी बुकर न्यु जर्सी, मार्क केली एरिजोना र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स ९१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क छन्।





