झापा। झापालि समाज यु.एस.ए, झापा बिकास मञ्च र झापा जिल्ला सहकारी सघं को संयुक्त आयोजनामा बिपन्न परिवारका ७५ जना लाई एक कार्यक्रमका बिच छात्रबृत्ती प्रदान गरिएको छ ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापालि समाज यु.एस.ए, का महासचिव निलम विमलीले बार्षिक २१ हजार रुपैया अनुगमन सहित तिन किस्ता गरी जिल्ला सहकारी सघले झापा भरिका प्रस्तावित ४० बिद्यालयबाट छानिएका ७५ जना बिद्यार्थिलाइ छात्रबृत्ती प्रदान गरिने बताउनु ।
कार्यक्रममा साहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले अति बिपन्न बिद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन र सामाजिक उत्तर दाहित्व बहन गर्न सहकारी सघंले सहयोगी भुमिका खेलेको बताउनु भयो । ।
झापा जिल्ला सहकारी सघंका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश .न.१ का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि ओम सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा सेवा समाज काठमाण्डौका डा. आनद श्रेष्ठ, झापाली समाज यु.एस.ए. कि बतर्मान अध्यक्ष यमुना भट्टराई, कलाकार तथा निर्देशक अशोक शर्मा, गायक टिका प्रसाई, प्रमोद खरेल, साहरा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी लगायतको आतिथ्यता रहेको रहेको थियो ।
कार्यक्रममा संयुक्त रुपमा तिन वटै संस्थाले कुमरखोद रेडक्रस उप–उपशाखालाई हातबाट एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै झापाली समाज यु.एस.ए. कि बतर्मान अध्यक्ष यमुना भट्टराईले प्रत्येक वर्ष एक सय जना अति बिपन्न परिवारका नानीहरुलाई उच्च शिक्षा सम्मको यथेस्ट व्यवस्था मिलाउँदै बिस्तारै बिद्यालयनै सञ्चालनको योजना रहेको बताउनुभयो ।





