एसईई परिक्षा आजदेखि सुरु


९ बैशाख २०७९, शुक्रबार ०८:१३ मा प्रकाशित

झापा । झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट सुरु भएको छ ।

यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँने राष्ट्रिय परीक्षा बोडले जनाएको छ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ।

वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

एसईई वैशाख २० गते सकिने छ।

नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो।

कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।

कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here